दुर्घटनामा टेलिकम प्रमुखसहित ३ जनाको मृत्यु

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १३:०१

काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । नेपाल टेलिकम बाजुरा कार्यालयको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो ।

जिप सडकबाट ८० मिटर खसेको छ । सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।

तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जिपमा सवार नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा घाइते भएका छन् ।

बाजुरा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार बाजुरा सदरमुकामबाट टेलिकमको टावर मर्मतका लागि जगन्नाथ गाउँपालिकातर्फ गइरहेका बेला काडाकोटमा जिप दुर्घटनामा परेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.