संघीय सरकारका ८ जना सचिवको सरूवा

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १३:४४

काठमाडौं । सरकारले विशिष्ट श्रेणीको सचिव पदमा विभिन्न निकायमा कार्यरत ८ जनाको सरुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले ८ सचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फका सचिव हरिप्रसाद मैनालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

लोक सेवा आयोगका सचिव डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा प्रशासनतर्फ ल्याइएको छ । संस्कृति मन्त्रालयका सचिव विनोद प्रकाश सिंह गत वैशाख २५ गते अनिवार्य अवकाशमा गएपछि त्यहाँ सचिव पद रिक्त थियो ।

यस्तै राष्ट्रपति कार्यालयका सचिव डा. रामप्रसाद घिमिरेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको जनाइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुर्‍याइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा्. दीपक काफ्लेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव चूडामणि पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव किरणराज शर्मालाई लोक सेवा आयोगको सचिवमा सरुवा गरिएको छ ।

गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ। महालेखा नियन्त्रक कार्यालयमा सचिव पद रिक्त थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.