युवा संघको मतदान सकियो

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १३, मंगलबार १७:४६

पोखरा। नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । मतदानमा कुल १ हजार ४०४ मत खसेको छ । मतदान सकिएपछि अहिले मुचुल्का उठाउने काम भइरहेको छ ।

मतदानको ३ घण्टामा नतिजा आउने सक्ने निर्वाचन अधिकृत चिरञ्जीवी पोखरेलले जानकारी दिए । युवा संघको निर्वाचनमा १ हजार ७६४ कूल प्रतिनिधि मतदाता थिए ।

अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.