
काठमाडौं । नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । उनले सुमन पुरीलाई पराजित गरे ।
मंगलबार भएको निर्वाचनमा थेबे दाेस्राेपटक अध्यक्ष निर्वाचित भएका हुन् ।
थेबे ७९६ मतसहित निर्वाचित हुँदा अध्यक्षका अर्का दाबेदार सुमन पुरीले ६०८ मत ल्याए । थेबे १८८ मतले विजयी बनेका हुन् ।
























