तिरुपती उड प्यानल उद्याेगमा आगलागी

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार ०८:०७
फाइल फाेटाे

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरस्थित तिरुपती उड प्यानल इन्डष्ट्रीमा आगलागी भएको छ । प्रहरीका अनुसार आज बिहान २ः३० बजेदेखि आगलागी सुरु भएको हो ।

आगो निभाउने प्रयास जारी छ ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार विद्युत् सर्ट भएर आगो सल्किएको अनुमान छ ।

आगो निभाउन धरान, विराटनगर, इटहरी, दमक, पथरी, दुहवी, इनरुवालगायत स्थानका १६ वटा दमकल प्रयोग गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.