सुनवर्षीमा भेटियाे ३०० किलो गाँजा

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १४, बुधबार ०९:५६
फाइल फाेटाे

विराटनगर । प्रहरीले मोरङको सुनवर्षीमा ३०० किलो गाँजा फेला पारेको छ । बुधबार बिहान करिब ३ बजे सुनवर्षी नगरपालिका– ७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी, बरडंगा र झपडतलबाट पुगेको टोलीले ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद  गरेकाे माेरङ प्रहरी प्रवक्ता वेदप्रकाश जाेशीले जानकारी दिए ।

प्रहरी देखेपछि कारोबारी भने भागेका थिए । भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.