सांकेतिक फाेटाेविराटनगर । मोरङको सुन्दरहरैँचामा पैनीमा डुबेर एक पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ खोरियास्थित पैनीमा डुबेर ३० वर्षीय पूर्णकाजी विकको आज (बुधबार) मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनलाई डुबेको देखेर स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीमा सूचना प्राप्त भएपछि गछियास्थित प्रहरी चौकीबाट टोली परिचालन गरिएको थियो ।
घटनास्थलको अवस्था बुझ्दै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।























