
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ झरनापुल नजिक १ जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
उक्त पुलको सडक छेउमा फेला परेका ती व्यक्तिको सनाखत हुन सकेको छैन । प्रहरीका अनुसार पहाडी मूलको जस्तो देखिने अन्दाजी ३० वर्षका पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
सडक छेउ लडिरहेको देखेर स्थानीयले प्रहरीमा खबर गरेका थिए । इलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको टोलीले घटनाबारे अनसुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।























