एमालेको गणतन्त्र उत्सवमा सहभागी हुन नेता-कार्यकर्ता भेला हुँदै

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १३:००

काठमाडौं । नेकपा (एमाले) ले आयोजना गरेको गणतन्त्र उत्सवका लागि नेता कार्यकर्ता भेला भइरहेका छन्। विभिन्न ठाउँबाट झाँकीसहितको र्यालीका साथ कार्यक्रमस्थल भृकुटीमण्डपमा भेला हुने क्रम जारी छ ।

गणतन्त्र उत्सव र्याली पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आआफ्नो भेषमा सांस्कृतिक झाकी र्यालीसहित प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपतिर गइरहेका छन् ।

भृकुटीमण्डपबाट बृहत् र्याली रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ । ‘गणतन्त्र उत्सवका र्‍यालीका लागि भेला भइरहेका छौँ, गणतन्त्र स्थापना दिवसका अवसरमा पहिलो पटक उत्सवका रूपमा मनाउन लागिएको हो’, नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.