वायु ऊर्जाको करेन्ट लागेर कर्मचारीको मृत्यु

Share this
666shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १३:०५

विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ मा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । त्यहाँ जडान गरिएको सौर्य वायु ऊर्जामा कार्यरत एक कर्मचारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीे जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मिक्लाजुङ–२ सप्तमी बजारका ४० वर्षीय चन्द्र रैकामगरको मृत्यु भएको हो । उनलाई कसरी करेन्ट लाग्यो भन्ने विषय खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रवि लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) कौशल बुढाथोकीले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.