स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने घोषणा, १० अर्ब विनियोजन

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ १५, बिहीबार १७:००

काठमाडौं । सरकारले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःसंरचना गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै अर्थ एवं उपप्रधानमन्त्री विष्णु पौडेलले उक्त घोषणा गरेका हुन् ।

पुनः संरचनाका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायारा विस्तार गरिने भएको छ । बिमितको सुविधा थैली पनि क्रमश वृद्धि गर्दै जाने घोषणा सरकारले गरेको छ ।

हाल १ जनाले १ लाख बराबरको उपचार बिमामार्फत हुन्थ्यो । ५ जनाको परिवारका लागि १ लाखसम्मको सुविधा थैली थियो । सरकारले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गर्ने घोषणासमेत गरेको छ ।

बिमितलाई फरक–फरक पोलिसी छनोटको सुविधा उपलब्ध गराइने पौडेलले बताए । बिमा सुविधाको दुरुपयोग हुन नदिनका लागि दोहोरोपना हटाइने उनले बताए ।

सरकारले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, अति विपन्न तथा अपसंख्यकले दिने गरेको बिमा सुविधालाई निरन्तरता दिइने भएको छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि सरकारले १० अर्ब विनियोजन गरेको छ ।

यसभन्दा अगाडि सरकारले ७ अर्ब ५० करोड छुट्टाउँदै आएको थियो । अहिले स्वास्थ्य बिमा बोर्डले सेवाप्रदायक संस्थालाई १६ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

उक्त भुक्तानी तेस्रो पक्षबाट भराएर चालु आर्थिक वर्षमा नै रकम फरफारक गर्ने व्यवस्था मिलाइएको मन्त्री पौडेलले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×