
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलमा वरीयता मिचेर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिस गरेको छ ।
वरीयतामा पहिलो नम्बरमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) कमल गिरी थिए । उनलाई पाखा लगाउँदै दोस्रो नम्बरमा रहेका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा सिफारिस गरेकाे हाे ।
ठाडा मगरलाई एआईजीमा बढुवा गरेपछि असन्तुष्टि बढेकाे छ । विधि र पद्धतिमा अडिग रहेकाे दाबी गर्दै आएका महानिरीक्षक राजु अर्याल एआईजी बढुवाको यो प्रक्रियामा चुकेको सशस्त्र प्रहरीका अधिकारीहरूले बताएका छन् ।
बढुवा सिफारिस हुनुपर्नेमा यसअघि अन्यथा भएकाेमा सच्याइएकाे छ । स.

























