नेपालकाे आकाशमा चार वायु, वर्षा र चट्याङकाे सम्भावना

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार ०६:४१

विराटनगर । नेपालमा हाल पश्चिमी वायु ,स्थानीय वायुसँगै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।

जसले गर्दा सुदूरपश्चिम, लुम्बिनीलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, लुम्बिनी र कर्णालीका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका आज अनुसार कोशी, मधेस र गण्डकीलगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशीका केही स्थानहरूमा, मधेस, बागमती र गण्डकीलगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.