
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारले संसदमा पेश गरेकाे बजेटमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी जीवनयापनमा सहयोग पुर्याउने विभिन्न कार्यक्रम समावेश गरिएको छ ।
बजेटको बुँदा २७५ अनुसार, “लैंगिक तथा यौनिक अल्पसंख्यकलाई मर्यादित जीवनयापन गर्न सशक्तिकरण, सचेतना तथा सामाजिक अन्तर–घुलनका कार्यक्रम संचालन गरिनेछ।”
सरकारको यो पहलले समावेशी विकासमा थप योगदान पुग्ने , लैंगिक तथा याैनिक अल्पसंख्यक समुदायको प्रतिनिधि,मानव अधिकारकर्मी नुमा लिम्बू (चन्चला) बताउँछिन् ।
सरकारले सामाजिक समावेशीता र समानताको प्रवर्द्धन गर्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार सुरक्षित गर्ने प्रयास गरिएको उनको भनाइ छ ।


























