डुबेर २ जना बालकको मृत्यु

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार ११:३४
सांकेतिक फाेटाे

काठमाडौं । पौडी खेल्ने क्रममा डुबेर पोखरामा २ जना बालकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२५, मर्दीखोलाको ड्याममा बिहीबार अपराह्न पौडी खेल्ने क्रममा डुबेर उनीहरुको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६,अस्तामका १३ वर्षीय विवश परियार र १४ वर्षीय विशाल परियारको डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण, कास्कीबाट खटिएको गोताखोर सहितको टोलीले करिब २० फिट गहिराइमा बालकहरुको खोजी गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.