माओवादीको ‘मध्यपहाडी अभियान’ जेठ २१ देखि

Share this
721shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १२:०२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले जेठ २१ गतेदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान सुरु गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा आज (शुक्रबार) बसेको पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।

एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे पनि निर्णय भएको जनाइएको छ । नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको पार्टीले जनाएको छ ।

जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.