लेउती खोलाकाे बाढीले बगायाे काेशी लाेकमार्ग

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार ०७:४७

विराटनगर । अविरल वर्षासँगै आएको बाढीले सडक बगाएपछि कोशी लाेकमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब साढे ५ बजे लेउती खोलामा आएको बाढीले सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठका अनुसार कोशी लोकमार्गको धनकुटा साँगुरीगढी गाउँपालिका– ६ फेदी भन्ने स्थानमा लेउती खोलाले करिब १०० मिटर कालोपत्रे सडक बगाएको छ ।

सडक बगेपछि दुवै तर्फको यातायात अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार कोशी लोकमार्गको धनकुटा सांगुरिगढी–६ नमस्ते झरना छेउ खण्डमा रुख लडेर सडक अवरुद्ध भएको थियो । रुख हटाएर सडक भने खुलाएको छ ।

वर्षाकै कारण तमोर करिडोको सडकपनि अवरुद्ध भएको छ । छरुवा खोलमामा आएको बाढीका कारण धनकुटाको चौबिसे गाउँपालिका– ४ खण्ड अवरुद्ध भएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.