बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार ०८:१९

विराटनगर । अविरल वर्षासँगै आएको बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध भएको छ । झापाको विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएको हो ।

निर्माणाधीन राजमार्गमा बनाइएका केही डाइभर्सन बाढीले बगाएका कारण यातायात अवरुद्ध भएको हो ।

काँकरभिट्टाको काली खोलामा बाटो बगाउँदा पूर्णरुपमा यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए । बैकल्पिक मार्गबाट यातायात सुचारु गराउने प्रयास भइरहेको उनले बताए ।

धुलाबारीनजिक कल्भर्ट बाढीले बगाएको छ । अस्थायी रुपमा माटो पुरेर एकतर्फी यातायात सुचारु गरिएको पौडेलले जानकारी दिए ।

त्यस्तै बुट्टावारी चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सन बगाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.