बस्तीमा पस्यो माइखोला, २२ परिवार विस्थापित

Share this
710shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार ०८:५०
फाइल तस्बिर

विराटनगर । अविरल वर्षासँगै माइखोलामा आएको बाढी बस्ती पसेको छ । शुक्रबार मात्रै  नेपालमा मनसुन भित्रिएकाे थियाे ।

शनिबार बिहान माईखोलामा आएको बाढी झापा गाउँपालिका– २ को बस्तीमा पसेको झापामा प्रहरी उपरीक्षक राजन लिम्बुले जानकारी दिए । उनका अनुसार २२ परिवार विस्थापित भएका छन् ।

झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायत बस्तीमा बाढीको पानी पसेको हो ।

बाढी पसेपछि प्रहरी र जनप्रतिनिधिले स्थानीयलाई सुरक्षित स्थानमा सारेको उनले बताए । उनका अनुसार बाढी पानी बस्तीमा पसे पनि जोखिम भने छैन ।

बाढीका कारण पूर्वपश्चिम राजमार्ग पनि अवरुद्ध

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.