बाढीपहिरोले कोशीका ४ जिल्लामा यातायात अवरुद्ध

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १७, शनिबार १३:१९

विराटनगर । बाढी र कटानले कोशी प्रदेशका ४ जिल्लामा सडक अवरुद्ध बनेको छ । सुनसरी, इलाम, उदयपुर र धनकुटाका विभिन्न सडक अवरुद्ध बनेका हुन् ।

बाढी र नदी कटानले धनकुटा, सुनसरी, इलाम र उदयपुरका विभिन्न सडक खण्ड अवरुद्ध बनेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । इलामको माई नगरपालिका–७ मा महमाई–इलाम–लारुम्बा पक्की सडक खण्डमा पहिरो खसेको छ । त्यहाँ एकतर्फी रुपमा मात्र यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरना छेउमा पहिरो झर्दा कोशी लोकमार्ग अवरुद्ध बनेको छ । साँगुरीगढी गाउँपालिका–५ डाँडाबजार, लुम्फाजुङ, कुहिभिर, ढाडे डाँडामा पहिरो गएको छ ।

पहिरोका कारण रवि–राँके सडक अवरुद्ध बनेको छ । धनकुटाकै चौबिसे गाउँपालिका–४ मा निर्माणाधीन सडक खण्डको छरुवा खोलामा बाढी आउँदा तमोर करिडोर अवरुद्ध बनेको छ ।

यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका(१ नयाँ पुल खोलामा पहिरो झर्दा चतरा–बराहक्षेत्र सडक अवरुद्ध भएको छ । उदयपुरमा बेलका नगरपालिका–८ कोठु खोलामा कच्ची सडक खण्डमा पहिरो झर्दा मैनामैनी–चुहार–भोजपुर सडक अवरुद्ध बनेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.