
विराटनगर । अविरल वर्षासँगै कुमाले खोलामा आएको बाढीले इलामको चुलाचुली गाउँपालिका – १ मा पुल बगाएको छ ।
शनिबार बिहान कुमाले खोलामा आएको बाढीले निर्माणाधीन अवस्थामा रहेको पक्की पुलको संरचना बगाएको हो ।
पुल ढलानका लागि तयार गरिएको ‘सेट्रिङ’को बिच भाग बाढीले भत्काएको थियो । बाढीका कारण निर्माणाधीन पुलको संरचना पनि दबेको छ ।
क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
इलामको माई नगरपालिका–७ खैरेनीस्थित महमाईबाट लारुम्बा जाने भित्री पक्की सडकखण्ड पनि वर्षाका कारण अवरुद्ध भएको छ ।

























