फाइल फोटोविराटनगर । झापामा बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको छ ।
सिद्दी खोलाको मेचीनगर नगरपालिका– १ सुनारे टोल खण्डमा ५६ वर्षीय भगिरथ तामाङको शव फेला परेको हो । उनी इलामको रोङ गाउँपालिका– ६ का बासिन्दा हुन् ।
सिद्दी खोलाको बाढीले बगाएर ल्याएको उनको शव सिचाईका लागि बनाएको नहरको ढोकामा अडकिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
खोलामा शव भेटिएपछि इलाका प्रहरी कार्यालय काकरभिट्टाको टोलीले अनुसन्धान सुरु गरेको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

























