
विराटनगर । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले लेउती खोलाले बगाएको कोशी लोकमार्गको निरीक्षण गरेका छन् ।
लेउती खोलामा आएको बाढीले शनिबार बिहान कोशी लोकमार्गको करिब १०० मिटर सडक बगाएको थियो । बाढी प्रभावित क्षेत्रमा शनिबार दिउँसो कोशी प्रदेश सरकारको तर्फबाट मन्त्री भण्डारीले स्थलगत निरीक्षण गरेका हुन् ।
निरिक्षणका क्रममा उनले सडक खुलाउने विषयमा स्थानीय प्रशासन र सरोकारवाला निकायसँग छलफल गरेका थिए ।
कोशी प्रदेश सरकारले वर्षा र बाढीको समय सुरु भइसकेका कारण सजग रहन सबैलाई आग्रह गरेको छ । मन्त्री भण्डारीले विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले आवश्यक तयारी गरेको जानकारी दिए ।

























