
विराटनगर । झापाको मेचीनगर नगरपालिका–१ सुनारे टोलस्थित सिँचाइ नहरको ढोकामा १ जना पुरुष मृत भेटिएका छन् । मृत व्यक्ति इलामको रोङ गाउँपालिका-६ बस्ने ५६ वर्षीय भगिरथ तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनलाई शनिबार सिद्दि खोलाले बगाएर झापाको मेचीनगर–२ भृकुटीस्थित सिंचाइ नहरमा पुर्याएको प्रहरीले जनाएको छ ।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।























