राजावादीको प्रदर्शनमा प्रहरीको लाठी चार्ज

Share this
725shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार १५:३७

काठमाडौं । राजावादीहरुको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गरेको छ । काठमाडौंको नक्सालस्थित नारायणचौरबाट बालुवाटार जान खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनकारी बालुवाटारतर्फ जान खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गरेको हो । प्रहरीको लाठी चार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।

राजसंस्था पुनर्स्थापना र हिन्दू राज्यको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादीहरूले १५ जेठदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.