प्रहरीले बल प्रयोग गरेको भन्दै राजावादीहरु धर्नामा

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार १६:३९

काठमाडौं । राजसंस्था स्थापना र हिन्दू राज्य माग गर्दै आन्दोलनरत राजावादीहरूले काठमाडौंमा धर्ना सुरु गरेका छन् । राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नारायणचौरबाट बालुवाटारतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले दमन गर्दै बल प्रयोग गरेको साथै थापासहित ५ जनालाई पक्राउ गरेको भन्दै राजावादीले धर्ना सुरु गरेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, थापासहित आइतबार पक्राउ परेका सबैलाई चाँडोभन्दा चाँडो रिहाइ गर्न माग गर्दै धर्ना सुरु गरिएको हो ।

पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरे आन्दोलन अझ सशक्त बनाउने उनको भनाइ छ । प्रहरीले भने निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि थापासहितलाई नियन्त्रणमा लिएको जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार, राजावादीहरूको समूह बालुवाटारमा प्रहरीले राखेको ब्यारियर तोडेर अघि बढ्न खोजेपछि नियन्त्रणमा लिइएको हो ।

जेठ १५ गतेबाट प्रदर्शन सुरु गरेका राजावादीले आज पनि नारायणचौरबाट आन्दोलन सुरु गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.