सरकारले घोषणा गर्यो थप निषेधित क्षेत्र

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १८, आइतबार २१:१३

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राजसंस्था पक्षधरको आन्दोलनलाई लक्षित गर्दै थप निषेधित क्षेत्र घोषणा गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेकलाई निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

ती स्थानबाहेक अन्यत्र जेठ १९ गतेदेखि २ महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ । यसअघि प्रशासनले नारायणहिटी दरबार आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.