गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध लोकतन्त्रविपरीत : प्रधानमन्त्री

Share this
633shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार १६:१३

काठमाडौं ।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत भएको बताएका छन् ।

नेकपा (एमाले) संसदीय दलको बैठकलाई आज (सोमबार) सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसद्का नियमित गतिविधि सञ्चालन हुने बताए ।

‘भोलिदेखि नियमित संसद् चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जी कुरा गर्न खोजेँ तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन’, प्रधानमन्त्रीले भने, ‘वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरू हुनुहुन्छ होला । यस्तो व्यवहार सधैँ चल्दैन । संसद् यस्ता नचाइने कुरामा सधैँ बन्द हुँदैन ।’

प्रधानमन्त्री ओलीले विपक्षीले केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको पनि बताए । ‘जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन’, उनले भने, ‘माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’

उनले सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.