प्रेस काउन्सिलमा ६ जना सदस्य नियुक्त

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १९, सोमबार २०:०७

काठमाडौं । प्रेस काउन्सिल नेपालमा ६ सदस्य नियुक्त गरिएको छ ।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रेस युनियनबाट ३ र प्रेस चौतारीबाट ३ जनालाई नियुक्त गरेका हुन् । प्रेस युनियनबाट नकुल अर्याल, बालकृष्ण अधिकारी र पदमराज जोशी तथा चौतारीबाट निमा काफले, भीमलाल श्रेष्ठ र शान्तराम विडारी नियुक्त भएका छन् ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको ४ बर्से कार्यकाल सोमबारबाट सकिएको छ । प्रेस काउन्सिलले पेसागत आचरण कायम राखी स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास एवं प्रवर्धनको काम गर्छ ।

अनुगमन र मूल्यांकन गरी सञ्चारमाध्यमलाई मर्यादीत तथा जिम्मेवार बनाउने भूमिका पनि काउन्सिलकै हो । स्वस्थ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकास तथा प्रवर्धनका लागि यसको स्थापना भएको थियो ।

काउन्सिलले पत्रकार आचारसंहिता उल्लंघनका विषयमा परेका उजुरी सुनेर त्यसउपर अध्ययन एवं अनुसन्धान गरी आवश्यक कारबाही गर्ने तथा आचारसंहिता सम्बन्धी जागरण अभियान सञ्चालन गर्ने, आसञ्चारमाध्यममा आचारसंहिताको अनुगमन गर्ने र पत्रकारितको विकासका लागि सरकारलाई सुझाव दिने काम गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.