
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा मधेश प्रदेश सांसद भरतप्रसाद साहले मधेश प्रदेश संसदीय दलका नेताबाट राजीनामा दिएका छन् ।
सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका हुन् ।
उनलाई राजीनामा दिन प्रचण्डले नै निर्देशन दिएका थिए । मधेशमा माओवादी केन्द्रका ९ जना सांसद छन् । साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए ।
























