
विराटनगर । मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयले विपदमा उद्धारसम्बन्धी अभ्यास सञ्चालन गरेको छ । ‘मनसुन सिमुलेसन अभ्यास कार्यक्रम’ अन्तर्गत आज (मंगलबार) यस्तो अभ्यास गरिएको हो ।
धनपालथान गाउँपालिका–६ रामचोकस्थित लोहन्द्रा खोलामा मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको थियो ।
त्यस अवसरमा शिवदल गण थलहाका प्रमुख सेनानी अरुण कार्की, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरिया, सशस्त्र प्रहरी बल नेपाल नं ३ गण हेक्वा कंकालनी मोरङका सप्रउ राजेश घिमिरे, रेडक्रस सोसाइटी मोरङका सभापति सुकदेवप्रसाद मण्डललगायत उपस्थित थिए ।

यसैगरी, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको पनि सहभागिता थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालले संयुक्त रुपमा अभ्यास विपतमा उद्धारको अभ्यास गरेका थिए ।

























