मन्दिरको पर्खाल बनाउँदा बस्ती जाने बाटो अवरुद्ध

Share this
691shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार ११:५५

विराटनगर । सिरहाको विष्णुपुर गाउँपालिका–४ स्थित थलहामा दलित बस्तीको बाटो छेकेर मन्दिरमा पर्खाल लगाइएको छ । गाउँमा रहेको दुर्गा मन्दिरमा पर्खाल लगाइएको हो ।

नजिकै रहेको दलित बस्तीको आवागमन अवरुद्ध हुने गरी पर्खाल लगाउने कार्य भइरहेको स्थानीयले बताएका छन् । उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख बजेटमा पर्यटन विकास कार्यालय, लहानबाट उपभोक्ता समितिमार्फत् दुर्गा मन्दिरमा कम्पाउन्ड वाल तथा गेट निर्माण भइरहेको छ ।

उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र यादवका अनुसार, डेढ सातादेखि यो काम भइरहेको छ । यो बस्ती र मन्दिरको बीचमा फराकिलो बाटो थियो । यही बाटो भएर दलित बस्तीका बासिन्दा आउजाउ गर्दै आएका थिए ।

बाटो साँघुरो हुने गरी ६ फिट जग्गा मात्रै छाडेर मन्दिरको पर्खाल निर्माण गरिँदैछ । मन्दिरको पश्चिम छेउतर्फ चौधरी महरा र रामएकवाल महराको घर छ ।

यो बस्तीको मूल बोटामा जान उनीहरुको घर अगाडिको बाटो हुँदै जानुपर्छ । तर, मन्दिरको पर्खाल हालिएको ठाउँदेखि घरसम्मको जग्गा रामएकवालले नै भोगचलन गर्दै आएका छन् । उक्त जग्गा आफ्नो निजी रहेको उनको दाबी छ ।

त्यहाँ १० घर चमार समुदायका परिवार बसोबास गर्छन् । यसमध्ये खासगरी ६ दलित घरपरिवार पूर्ण रूपमा प्रभावित बनेका छन् ।

जेठ १३ गते पर्खाल निर्माणका लागि खाल्डो खन्ने क्रममा त्यहाँका दलित समुदायले रोक्ने प्रयास गरेका थिए । प्रहरी लगाएर आफूहरूलाई रोक्ने काम भएको स्थानीय अरुण महराले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.