संसद बैठक बुधबार मात्रै बस्ने

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार १५:०८

काठमाडौं । प्रतिनिधिसभाको आज (मंगलबार) का लागि तय भएको बैठक बस्दै नबसी बुधबार सम्मका लागि स्थगित भएको छ ।

आज ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । त्यसपछि पनि बैठक बस्न नसकेपछि बुधबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।

विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।

सदन नचल्ने अवस्था आएपछि सूचना टाँसेर समय सर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.