काठमाडौं महानगरका नगर प्रहरी प्रमुख निलम्बित, जोशीलाई जिम्मेवारी

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार १७:३६

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पाण्डेलाई निलम्बन गरिएको जनाइएको छ ।

निमित्त नगर प्रहरी प्रमखको जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ । जोशीलाई अर्को निर्णय नहुने बेलासम्मका लागि प्रहरी निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो ।

यसैबीच, निलम्बनमा परेका पाण्डेले आफू केही समय चुप लागेर बस्ने बताएका छन् । निलम्बनमा परेपछि प्रतिक्रिया दिँदै पाण्डेले निलम्बनबारे कुनै धारणा सार्वजनिक नगर्ने बताए ।

उनले भनेका छन्, ‘मैलेभन्दा बढी तपाईंहरूले र जनताले नै बुझ्नुहुन्छ । केही धारणा छैन । निलम्बन गरियो सकियो,’ पाण्डेले भने, ‘हुलहुज्जत गर्‍यो भनेर निलम्बन गरिएको भन्छन् । मेरो मूल्याकंन म आफैंले गर्नु ठिक हुँदैन ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.