
काठमाडौं । संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन् प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाने तय भएको छ ।
प्रधानमन्त्री ओली आगामी असार १४ गते स्पेन प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनी ४ दिने भ्रमणका लागि स्पने जान लागेका हुन् ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहने जनाएको छ ।
























