
विराटनगर । ‘राइड सेयरिङ’को विरोधमा आन्दोलनरत यातायात व्यवसायीले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
व्यवसायीले मंगलबार बेलुकादेखि लागू हुने गरी आन्दोलन फिर्ता लिएका हुन् । आन्दोलन फिर्ता भएसँगै गाडी चल्न थालेका छन् । व्यवसायीले आन्दोलन फिर्ता भएको र यातायातका साधन चल्न थालेको जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए । व्यवसायीको छलफलपछि आन्दोलन फिर्ता भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले बताए ।
केन्द्र सरकारको पत्र बमोजिम गण्डकी प्रदेश सरकारले नियमावली कार्यान्वयन १ महिनाका लागि स्थगित गर्ने निर्णय मंगलबारदेखि गरेको थियो ।

























