रास्वपाले संसदीय समितिबाटै माग्यो गृहमन्त्रीको राजीनामा

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १०:४९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ ।

आज (बुधबार) सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद चन्दा कार्कीले गृहमन्त्रीको राजीनामा माग गरेकी हुन् ।

उनले गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिन् ।

छानबिनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने उनको भनाइ छ ।  सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.