उपप्रमुख र उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन विराटनगरमा

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १६:५३

विराटनगर । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको पहिलो राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । २ दिने सम्मेलन वीरेन्द्र सभागृहमा हुनेछ । सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

विराटनगर महानगरपालिकाले आज (बिहीबार) पत्रकार सम्मेलन गरी जेठ २३ र २४ गते सम्मेलन हुने जानकारी दिइएको हो । महानगरका प्रमुख मेयर नागेश कोइरालाले सम्मेलन सम्पन्न गर्न अनुमानित ४२ लाख रुपैयाँ खर्च हुने जानकारी दिए । उनका अनुसार १० लाख रुपैयाँ कोशी प्रदेश सरकारले उपलब्ध गराएको छ ।

महानगर उपप्रमुख शिल्पा निराला कार्कीले कार्यकाल सकिन केही समय मात्र बाँकी रहेका वर्तमान उपप्रमुख तथा उपाध्यक्षहरूका लागि यो सम्मेलन अनुभव साटासाट र ज्ञान आदान–प्रदानको अवसर हुने बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.