
विराटनगर । विराटनगरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृक्षरोपण गरिएको छ ।
विश्व वातावरण दिवस २०८२ को पूर्वसन्ध्यामा विराटनगर–९ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा वृक्षरोपण गरेको हो ।
वृक्षरोपणमा विद्यालयको इको क्लब, शिक्षक तथा विद्यार्थी सहभागी थिए ।
कार्यक्रम शिक्षक हिमाल कँडेल र शिक्षक रञ्जन कार्की अग्रसरतामा गरएको थियो । ‘आज रोपिएका बिरुवाले भोलिको पुस्तालाई स्वच्छ वातावरण सुनिश्चित गर्न योगदान पुर्याउनेछन्,’ कँडेलले भने,‘ आजको सानो प्रयास भविष्यका लागि अमूल्य सम्पत्ति हुनेछ।’























