
विराटनगर । पिलुवा खोलामा पौडी खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । एक जना बालिका गम्भीर घाइते भएकी छन् ।
सङ्खुवासभाको मादी नगरपालिका–९ स्थित पिलुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर पाँचखपन नगरपालिका–९ घरभई चैनपुर नगरपालिका–२ नुनढाकी बस्दै आएकी १३ वर्षीया समीक्षा लिम्बूको मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा बुधबार बिहान साढे ९ बजे मृत्यु भएको संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए ।
मृतक लिम्बूसँगै पौडी खेल्न गएकी चैनपुर नगरपालिका–२ की दीक्षा राई गम्भीर घाइते भएकी छन् । राईको अस्पताल सङ्खुवासभा ल्याइ उपचार भइरहेको छ ।

























