सर्वोच्च अदालतको आदेशपछि माओवादी केन्द्रको पदाधिकारी बैठक

Share this
650shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार ०९:२३

काठमाडौं । सर्वाेच्च अदालतले अग्नि सापकोटाविरुद्धको मुद्दामा उत्प्रेषण आदेश जारी गरेपछि नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा जारी छ ।

बैठकमा सर्वोच्च अदालतले पार्टी उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा गरेको उत्प्रेषण आदेशका विषयमा छलफल भइरहेको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले सर्वाेच्च अदालतको आदेशले राम्रो संकेत नभएको बताए । उनले भने, ‘सर्वोच्चबाट आएको आदेश राम्रो संकेत होइन, यसले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने कुरामा पोजेटिभ म्यासेज दिएन ।’

बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताका बारेमा संसदमा खेल्नुपर्ने भूमिका, सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकलगायत विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।

माओवादीको द्वन्द्वकालीन समयमा भएको काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध अर्जुनकी पत्नी पूर्णिमाया लामाले दायर गरेको रिटमा सर्वोच्चले बुधबार उत्प्रेषण आदेश जारी गर्दै प्रहरीलाई अनुसन्धानको बाटो खुला गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.