
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन मानिने योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा निर्वाचन नहुने भएको छ।
सहमतिबाट नै नेतृत्व चयन गर्ने निर्णय भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
जेठ १८ गतेबाट जारी सम्मेलनमा निर्वाचन कार्यतालिका प्रकाशित भइसकेको अवस्थामा सहमतिको नाममा प्रक्रिया स्थगित गरिएको हो ।
सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि यसअघि नै बनिसकेको छ ।
























