संसदीय समितिमा नागरिकता विधेयकमाथि छलफल सुरु

Share this
780shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार ११:०२

काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल सुरु भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बिहीबारबाट विधेयकमाथि दफावार छलफल सुरु गरेको हो ।

आज (बिहीबार) संशोधन प्रस्तावकर्ता सांसदहरुसँग छलफल जारी छ । गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए ।

प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले बुधबार सैद्धान्तिक छलफल चलाएको थियो । आजदेखि उक्त विधेयकमा दफावार छलफल थालिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.