भ्रष्टाचार मुद्दा दायर भएपछि पार्टीका नेता र कानुनका विज्ञसँग छलफल

Share this
786shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २२, बिहीबार २०:२८

काठमाडौं । आफूविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका शीर्ष नेताहरूसहित कानुनका विज्ञहरुसँग छलफल गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार उनले छलफल गरेका हुन् । अख्तियारले मुद्दा दायर गर्दा नेपाल रौतहटमा थिए । मुद्दा दर्ता भएपछि काठमाडौं फर्किएर उनले छलफल गरे ।

लगत्तै बसेको पार्टी बैठकले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ । अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्राही ढंगबाट मुद्दा दायर भएको दाबी गरेका छन् ।

उनले आफूले कुनै भ्रष्टाचार नगरेको बताए । ‘अब कानुनी प्रक्रियाबाटै समस्याको समाधान खोज्नुको विकल्प छैन । तर, नबिराउनू, नडराउनू । मैले केही गरेको छैन । भ्रष्टाचार गरेको छैन । अब कसरी अघि बढ्ने भनेर कानुनविद्हरूसँग परामर्श भएको छ,’ नेपालले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.