
रंगेली । मोरङको कानेपोखरी गाउँपालिका– ३ मा रहेको शिक्षा सदन माध्यमिक विद्यालय हरकपुरले वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ ।
‘प्लाष्टिक प्रदुषण न्युनीकरण, हामी सबैको दायित्व’ भन्ने मुल नाराका साथ दिवस मनाएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघु टुडु, कानेपोखरी– ३ का वडाध्यक्ष गोपालबहादुर कार्की, विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद काफ्लेलगायत शिक्षक विद्यार्थी तथा अभिभावकको सहभागी थियो ।
वातावरण दिवसको महत्व विषयमा अभिमुखीकरणसँगै विद्यालय परिसरमा १५ वटा विरुवा पनि रोपिएको छ ।
पञ्चकन्या आधारभूत विद्यालय (कमल गाउँपालिका–६, झापा), भद्रकाली माध्यमिक विद्यालय (गौरादह नगरपालिका–६, झापा), र माध्यमिक विद्यालय रतुवामाई नगरपालिका–५, लेटी गोविन्दपुरमासमेत कार्यक्रम गरिएको थियो ।

























