
विराटनगर । सप्तकोशी नदीको कोशी ब्यारेजमा उद्दार अभ्यासका क्रममा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई गोताखोरको खोजी आज पनि जारी छ ।
सिकाइ अभ्यासका क्रममा बिहीबार करिब ४ बजे सशस्त्र प्रहरीका सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । सप्तरी प्रहरी प्रमुख ढकेन्द्र खतिवडाका अनुसार बेपत्ता गोताखोर भेटिएका छैनन् । उनीहरुको खोजी आज पनि जारी छ ।
प्रहरी स्रोतका अनुसार बेपत्ता गोताखोर प्रशिक्षक अर्थात गुरुबा हुन् ।
बिहीबार हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ ढोका उत्तर तर्फ अभ्यासका क्रममा बेपत्ता भएका थिए ।
कोशीको बहाव बढइरहेका बेला उद्दार अभ्यासका क्रममा बेपत्ता भएका थिए । साउद डोटी र राजवंशी झापाका हुन् ।

























