सप्तकोशीमा बेपत्ता दुई मध्ये एक गोताखोरको शव भेटियो

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार ०८:३९

विराटनगर । सप्तकोशी नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका दुई गोताखोर मध्ये एक जनाको शव फेला परेको छ । शुक्रबार बिहान खोजीका क्रममा एक जनाको शव फेला परेको हो ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।

राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए । उनीहरु मध्ये राजवंशीको शव फेला परेको हो ।

सशस्त्र प्रहरीको ५६ जनाको टोली बिहीबार विपद उद्धार अभ्यासका लागि कोशी नदीमा खटिएको थियो । सो क्रममा दिउँसो ३ बजेर १० मिनेटमा २ जना बेपत्ता भएका थिए । बेपत्ताको खोजी कार्यलाई तीव्रता दिइएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.