मुहारमा दाग लाग्यो रुमाल निकालेर पुछेँ स्वतः मुहार सफा भयो तर दागले रुमाल मैलिएछ ।
मैले पानी उठाएँ र रुमाल निचोरे फेरि रुमाल सफा भयो । तर मैलोले कुवा धमिलिएछ ।
मैले कुवा हेरेँ कुवाभित्र मेरो मुहार देखेँ मुहारमा फेरि दाग नै देखियो ।