पानीको रङ

Share this
783shares
मुलुकी खबर
विवेक विवश रेग्मी
clock२०८२ जेठ २४, शनिबार १२:३६

तिमी पानीको एउटा रङ थियौ

एकदिन म रुझेँ बेस्सरी पानी रङले

रुझिसकेपछि

तिमी सँगै बग्नु थियो जीवन

बग्दाबग्दै

एकफेर नियालेर ऎना हेरेँ

दुःखहरु मात्रै जमेको पाएँ ऎनामा

सोचेको थिएँ–

हामी एउटै रङ भएर बगु लामो नदी

तर

तिमी त बग्दाबग्दै

खोइ अर्कै भङ्गालोमा पो छुट्टिएर बग्न थालेछौ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.