अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो : प्रधानमन्त्री

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २४, शनिबार १८:५७

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभइकन काम गर्ने संस्था भएको बताएका छन् ।

मोरङको कटहरी गाउँपालिका–२ मा शनिबार जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेसनको उद्घाटनपछि बाहिरिने क्रममा उनले अख्तियार प्रयोग हुने संस्था नभएको बताए । उनले अख्तियार काम गर्ने संस्था भएको उल्लेख गरे ।

पतञ्जलिको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि सरकारमाथि राजनीतिक प्रतिशोधन साँधेको आरोप लाग्दै आएको छ । अख्तियारले मुद्दा दायर गरेपछि सरकारमा रहेका दलका नेताहरुले यसलाई प्रतिशोधको रुपमा हेर्नु नहुने बताउँदै आएका छन् ।

माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ? भनेर पत्रकारले प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले ‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो’ भनेर जवाफ दिएका हुन् । उनले त्योभन्दा बढी जवाफ दिएनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.